Shunyako Mulya

NPR 442 (MRP NPR 520) · In stock — ready to ship

Publisher: Sangri-La Books · Language: Nepali

एउटा पुस्तकमा कति थोक हुन्छ ? एउटा पुस्तकले कति ठाउँमा सिरिङ्ङ पार्छ ? एउटा पुस्तकले कति ठाउँमा गला अवरूद्ध पार्छ ? एउटा पुस्तकले कति ठाउँमा आक्रोशले मुठी कस्ने बनाउँछ ?सायद यी कुराको हिसाब कतै लेखिएको हुँदैन । तर शून्यको मूल्य पढेपछि यी सबै हिसाब गर्न मन लाग्छ । पुस्तक कर्णाली क्षेत्र वरिपरिका मानिस र तिनका कथासित जोडिएको छ । तर यसभित्रका कथाले संसारका कुनै पनि कुनाका मानिसका आत्मा नै सिरिङ्ङ पार्ने सामर्थ्य राख्छन् । पुस्तक सकिसकेपछि म अबेरसम्म टोलाइरहें । पात्रहरू यसरी हृदयमा बसेछन् कि, जाँदै जाँदैनन् । मलाई लाग्छ, लामो समयसम्म ती मसितै रहनेछन् । यसमा कथा मात्रै छैनन्, एउटा कथापछाडि कति धेरै पृष्ठभूमि हुन्छन्, तिनलाई लेखकले असाध्यै मीठो जनबोलीमा प्रस्ट्याएका छन् । यस्ता पुस्तक बिरलै लेखिन्छन्, किनभने सबै लेखक ती पात्रसम्म पुग्न नसक्लान् । सबै लेखकसित त्यति गहिराइमा पुग्ने सामर्थ्य पनि नहोला । र सबै लेखकसित त्यो हृदय पनि नहोला, जो यस पुस्तकका लेखकसित छ।म जीवनमा थोरै मात्र पुस्तक पढ्छु …

Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.