Itha
by Keshav Dahal
NPR 678 (MRP NPR 798) · In stock — ready to ship
Publisher: FinePrint · Language: Nepali
वैशालीबाट कसरी लिच्छविहरू मञ्जुपट्टन आइपुगे र सौमरहरूलाई जितेर नयाँ राज्यको स्थापना गरे ? यस प्रश्नमा अनेकौँ उपन्यास लेखिन सक्छन् । तिनै लेखिनुपर्ने अनेकौं उपन्यासमध्ये एउटा उपन्यास हो, इथा, जसको केन्द्रमा छन् तीन महिला- साहस, विद्रोह र विनम्रताका प्रतीक ।युद्ध, प्रेम र प्रताडनाको आँधीसँग जुध्दै र आफ्ना सपना जोगाउँदै उनीहरू गङ्गाको मैदानबाट उकालो चढ्छन् । उनीहरूसँग हुन्छन् स्वतन्त्रताका अपरिमित चाहना र प्रतिज्ञा । अन्ततः तिनै प्रतिज्ञाले उनीहरूलाई एउटा निर्णय गर्नैपर्ने बिन्दुमा पुयाउँछन् र मञ्जुपट्टनमा राज्य विप्लव हुन्छ । त्यसैको जगबाट जन्मिन्छ, लिच्छविहरूको नयाँ राज्य ।करिब दुई हजार चार सय वर्षअघिका इतिहास, कथा र किंवदन्तीलाई बुनेर लेखिएको यो एउटा अलौकिक उपन्यास हो । र हो, महिला स्वतन्त्रता र स्वाभिमानको सशक्त घोषणापत्र ।
Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.