Ek ani Shunya

NPR 397 (MRP NPR 496) · In stock — ready to ship

Publisher: Publication Nepalaya · Language: Nepali

लेखकले पुस्तकमा पाश्चात्य दर्शनको लामो यात्रालाई विभिन्न कालखण्ड, पात्र र विवादबारे स्वयंले अनुभव गरेका सैद्धान्तिक द्विविधा र प्रश्नका आधारमा विवेचना गरेका छन् । तसर्थ यो पुस्तक वर्णनयात्रा मात्र होइन, लेखक स्वयंको जग, जीवन र जगत् बुझ्ने प्रयास पनि हो । नेपाली भाषामा यसरी सरल रूपमा विवेचना गरिएको कमै पुस्तकमध्ये यो पर्छ। - हरि शर्मा दर्शनशास्त्रको पठन सरस र सुरुचिपूर्ण हुन सक्छ भन्ने तथ्य स्थापित गर्ने पुस्तक हो यो । 'चिन्तये अतोऽस्मि' अर्थात् 'म सोच्छु, अतः एव म छु' को सार्वभौमिकता अनुभूति गराउने पाश्चात्य दर्शनशास्त्रको वर्णनयात्रा' दर्शनशास्त्रका मात्र नभई सबै विषयका पाठकलाई रोचक खुराक हुनसक्छ । - सुरेश ढकाल

Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.