Jeevgatha
NPR 195 · In stock — ready to ship
Publisher: FinePrint · Language: Nepali
मान्छेकै भाषा र सङ्केत त सहजै बुझ्न सकिन्न; जीवजन्तुको मन झन् कसरी बुझ्ने ?जीवजन्तुबीच पनि माया, प्रेम, स्नेह, भाषा र सङ्केत हुन्छ । चरा, पुतली अनि वनस्पतिले पनि मानिसले जसरी यात्रा गर्छन् । चरा पनि विश्वकै अग्लाअग्ला हिमाल आरोहण गरेर नेपाल आउजाउ गर्छन् । तिनले पर्वतारोहीले जस्तै समस्या भोग्छन् । राम्रा र असल, बलिया र निरोगी प्रेमीप्रेमिका जीवजन्तुको पनि छनोट हो । कतिपय जीवले त गर्भमै जीवनको पाठसमेत सिकाउँछन् ।तिनै जीवजन्तुका फरक आनीबानी, जीवनशैली र विविध क्रियाकलापबारे बुझाउने पुस्तक हो- जीवगाथा । वैज्ञानिक तथ्य र सन्दर्भसामग्रीसहितको यो पुस्तक पढ्दा पाठकले जीवजन्तुसँगै हेलमेल भइरहेको अनुभूति गर्छन् ।
Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.