Hiuko geet
NPR 795 · In stock — ready to ship
Publisher: Sangri-La Books · Language: Nepali
एक आदिम गाउँको झन्डै सात सय वर्ष पुरानो इतिहास चिहाउने सानदार आख्यान हो, हिउँको गीत । तमूहरूको अन्तिम संयुक्त राज्य क्होला कसरी विघटित भयो ? यसमा एक सिकारीले पहिलो पटक बन्दुक भित्र्याएपछि राज्यमा निम्तिएको मानसिक उथलपुथल र त्रासदीलाई चुम्बकीय भाषा र काव्यिक शिल्पका साथ आख्यानीकरण गरिएको छ ।हिउँमा बाँचिरहेका मानिसका भोक, कष्ट, प्रेम अनि कुण्ठामार्फत् तीर्थ गुरुङले प्रकृतिको लयमा लय मिलाउंदै विकसित एउटा सभ्यताको कथा लेखेका छन् । समाज, संस्कृति, राजनीति, मिथक र बस्ती विस्तारका बहुआयाम समेटिएको हिउँको गीत जादुयी यथार्थले भरिएको विशिष्ट आख्यान हो ।
Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.