Bisad
NPR 795 · In stock — ready to ship
Publisher: Shikha Books · Language: Nepali
कथाको जन्म भाषिक तन्त्रको क्रीडाबाट हुन्छ । उसै तन्त्रको जबर्जस्त योजनामा सम्पूर्ण सृष्टिको श्वास प्रवाहित हुन्छ । भाषा बाहिरका सङ्केतकहरू पनि भाषिक पद्धतिकै अनुसरण गर्दै अर्थवत् हुन्छन् । विषाद कथाहरूको त्यस्तो सङ्कलन हो, जसमा वाणीक्रियाको सीपदार बुनाइ पाएर छिपेको इतिहास बोल्दछ, वर्तमान उकुसमुकुसी अनुभव गर्दछ, भविष्य रन्थनिन्छ, कहीं कतै प्रकाशको चमक झल्किन्छ, अन्यत्र अन्धकारै अन्धकार !सामाजिक, सांस्कृतिक, राजनीतिक एवम् मनोवैज्ञानिक पाटाहरूमा हुर्केका कथाका विम्ब तथा प्रतीकहरू चमकदार छन् । पात्रहरू स्वगत भावनाका तरङ्गमा चलायमान छन् । जो प्रेम, घृणा, ईर्ष्या, आशा, निराशा, हिंसा, प्रतिहिंसा, विद्रोह, विरोध र सामञ्जस्यका छालहरूमा दब्छन्, उत्रन्छन् ।-राजकुमार बानियाँ
Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.