Bartaman

by Krishna Dharawasi

NPR 316 (MRP NPR 395) · In stock — ready to ship

Language: English

पछिल्लो बाहिरी पृष्ठबाट एकदिन म बाहिरबाट आउँदा उनले आफ्ना सबै सामान झोलामा कसी पर्खेर बसेकी रहिछिन् । म पुगेपछि सँगै बसेर कफी पियौं । केही बेर उनले हाम्रा सम्बन्धका पुराना कुराहरूलाई सम्झेर वातावरण भावुक बनाइन् । बेरोजगारीले चिन्तित मेरो मन पनि भावुक भए । जीवनमा पहिलोपल्ट निकै पग्लिएर रोएँ । निकै बेरपछि दुबै जना शान्त भयौं । उनले मेरो हात समातेर म्वाई खाँदै भनिन्, 'किस ! आइ एम सरी । आजदेखि म तिमीबाट छुट्टिदै छु । तिमीबाट टाढिने मन नहुँदानहुँदै पनि तिम्रो स्थितिले गर्दा मैले छुट्टिनु परेको छ । म बसिरहे भने तिमी बेरोजगारीबाट बाहिर आउन नसक्ने देखें । मेरो खर्चमा पालिने बानी हुने भो तिम्रो । तिमीले आफूलाई पाल्न जान्नुपर्छ । तिम्रो जिन्दगी पनि लामो छ । यसरी कसरी अर्काको भरमा बाँच्न मिला । अब तिमीले जस्तो काम भए पनि खोज्नुपर्छ । सानोतिनो जे भेट्छौ; काम खोज । म तिमीलाई धेरै माया गर्छु।

Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.