Chhaughar
by Raj Sargam
NPR 280 (MRP NPR 350) · In stock — ready to ship
Language: English
About the Book स्कुलबाट घर फर्कंदै गर्दा छ कक्षामा पढ्ने कला जाँघ भिजेजस्तो महसुस गर्छिन् । जामा माथि सारेर हेर्नेबित्तिकै आत्तिन्छिन् र घरतिर दौडिन्छिन् । आफूलाई के भएको हो थाहा पाउनुअघि नै इजाले उनलाई बारीको पुछारको सुनसान छाप्रोमा पुर्‍याउँछिन् । डरसँग सामना गर्दै कलाले आफूलाई त्यही छाप्रोमा लुकाएर राख्छिन् । त्यहाँ उनले चिन्छिन्— बाज्येको देउता, भागिरथी दिदीको प्रेम, महादेवको सर्प, फुपूको लसपस, रुपा भाउजुको जत्काल । थाहा पाउछिन्— छाउका पौराणिक र वैज्ञानिक आधार अनि एकान्तमा बस्नुको कारण । अन्ततः परम्परा र परिवारसँग विद्रोह गर्छिन् । बाह्र वर्षकी बच्चीमा उमेरले ल्याएको परिवर्तन र आइपर्ने दुःखको सामना गर्दै गोठमा बाइस रात काट्ने बच्चीको कथा हो, छाउघर ।
Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.