Rahar
by Suresh Badal
NPR 335 (MRP NPR 375) · In stock — ready to ship
Language: English
पछिल्लो बाहिरी पृष्ठबाट सुन्दर भाषा, परिपक्व शिल्प अनि दैनन्दिनका ससाना । घटनालाई कथामा बुन्ने बेजोड शैली । यी गुण स्पष्ट । देख्न सकिन्छ, सुरेश बडालको पहिलो कृति रहरमा । ससाना रहरहरूको खुत्रुके बनेर आएको पुस्तक रहरमा । सुरेशले केही आफ्नै भोगाइ र केही अवलोकन गरेका यथार्थ घटनालाई कथानक बनाएका छन् । उनले कहिँ आफैलाई पात्र बनाएर उभ्याएका छन् भने कहिँ यथार्थ पात्रहरूलाई कल्पनशीलताको बुकुवा घसेर चिटिक्क पारेका छन् । यस सङ्ग्रहका धेरैजसो कथामा बालमनोविज्ञान हाबी भएको छ । केही कथा प्रेमको झरीले निथुक्क भिजेका छन् । अन्य केही कथा समाज र राजनीतिका श्यामश्वेत चित्र बनेका छन् । तर कथा जुनसुकै हुन् अनि तिनका विषयवस्तु जेसुकै हुन्, तिनले पाठकलाई असीम सन्तुष्टि नै दिन्छन् । सरल र सरस भाषामा लेखिएको यस कृतिले नेपाली साहित्यमा नयाँ प्रतिभाको जोडदार आगमनको सङ्केत गर्छ
Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.