Summer Love
by Subin Bhattarai
NPR 285 (MRP NPR 350) · In stock — ready to ship
Language: English
सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भायरमेन्टल साइन्स , कीर्तिपुर । इन्ट्रान्स रिजल्ट हेर्न सीडीययस पुगेको अतीतले नोटिस बोर्डमा एक नम्बरमा देख्छ एउटा नाम —साया । देखेको सायालाई होइन, नामलाई । नामैले छट्पटिएको ऊ जब सायालाई देख्छ पानीपानी हुन्छ, उसको क्याडबरी ओठ, सेक्सी फिगर र बौद्धिकताले । अनि सुरु हुन्छ उनीहरुको दुइवर्षे कलेज रोमान्स । रोमान्स प्रेममा परिणत हुन्छ । तर के उनीहरुको प्रेम सफल हुन्छ ? तन्नेरीले तन्नेरी भाषामा लेखेको तन्नेरीहरुको रमाइलो कथा हो 'समर लभ' । यो पढ्दा पटक्कै झिँझो लाग्दैन । यसको भाषा सरल र कसिलो छ । यसमा कुत्कुत्याउने प्रेमदेखि आँसु चुहाउने वियोगसम्मको वर्णन छ र छ मरुन्जेल हँसाउने हास्यरस ।
Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.