Urgenko Ghoda
by Yug Pathak
NPR 355 (MRP NPR 395) · In stock — ready to ship
Language: English
पुस्तकको बारेमा यो उपन्यास नारी जागरणको गाथा र जातीय पहिचान एवं वर्गीय मुक्तिका लागि लडिएको आत्मबलिदानी समरको लोमहर्षक कथा हो । निकट अतीतको उथलपुथलकारी सशस्त्र विद्रोहलाई स्मृतिको नेपथ्यमा राखेर बुनिएको कथ्य विद्रोहको वैचारिक धरातल र लक्ष्य, आन्तरिक वैचारिक असङ्गति र द्वन्द्व, विद्रोही र आम मानिसबीचको सम्बन्ध, विद्रोहका रणनीतिक चरणहरू र मुक्तियात्राका उकालीओरालीको आख्यानीकरण गर्दै कतै स्थुल वर्णन र कतै सूक्ष्म चित्रण, कतै बोझिलो व्याख्या र कतै आîलादकारी चित्रकारिताद्वारा निर्मित छ । यो नेपाली समाजमा उठेको क्रान्तिकारी उथलपुथलको एक जीवन्त अभिलेख हो । र, हो यो प्रतिरोधी साहित्यको एक नवीन कीर्तिमान पनि ।' - खगेन्द्र संग्रौला 'जनयुद्धलाई आधार बनाएर जति कृति लेखिएका छन् तिनीहरूमध्ये 'उर्गेनको घोडा' विचार र कलात्मकताका दृष्टिले उत्कृष्ट छ । यो उपन्यास पढ्दा मेरो गला अवरुद्ध भयो, आँखा रसायो । नेपालको सापेक्षतामा उर्गेनको घोडा प्रगतिशील साहित्यको उत्कृष्ट कृति हो ।' - डा. बाबुराम भट्टराई य…
Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.