Yambunera

by Bina Theeng

NPR 260 (MRP NPR 300) · In stock — ready to ship

Language: English

पछिल्लो बाहिरी पृष्ठबाट याम्बु अर्थात् काठमाण्डू । अर्थात् शासकीय दम्भको बिम्ब | यतिबेला त झन् 'नव दरबार'हरूको नक्कली रूप । दलाल पूँजीवादको कुरूप अनुहार । मानिस हुनुको संवेदना नै क्षत-विक्षत पार्ने व्यवस्थाको प्रतिरूप । जात, भाषा, संस्कृति, वर्ग, क्षेत्र वा खास नश्लका आधारमा गरिदै आएको विभेदका कारण पहिचानविहीन हुन पुगेका मानिसहरूले टाढा अनुभूत गर्ने पराइपन छ, याम्बुमा । र छ, पहुँच र प्राप्तिको निकै कठीन र कठोर दुरी । अनेकन बहानामा इतिहासदेखि वर्तमानसम्म एक अक्षर पनि सम्पादन गर्न नमानेको, राज्यसत्ताले नै 'मासिन्या' भनेर हुर्काइदिएको विभेद छ । यही विभेदमा मानिस भने सधैं सत्ताको शक्ति, रोब-रवाफको पैतालामुनि पिल्सिनु परिरहे को छँदै छ । ती मानिस जो याम्बुका लागि केवल पिपा थिए । सत्ताको कथनमा असभ्य, गँवार थिए । काँठका अनपढका बनाइएका थिए, छन् । तिनका मेहनत र श्रम नदेख्ने, तिनलाई दास देख्ने, बनाउने तर तिनमा नागरिक नभेट्ने एकालापको कथन विरुद्ध कठोर उपस्थिति हो- बिना थिङको 'याम्बुनेर' । यो कथाकृति…

Sold by Pairavi Book House, New Plaza, Putalisadak, Kathmandu. Delivery across Nepal (Kathmandu Valley 1–2 days, major cities 2–3, elsewhere 3–4). Cash on Delivery, eSewa and Fonepay QR.