Jor Bandukko Chhaya by Shree Bhakta Khanal
Book Overview
पछिल्लो बाहिरी पृष्ठबाट
आधुनिक नेपालको सङ्गठित सशस्त्र माओवादी विद्रोहबारेको यस पुस्तकमा जति मेरा शब्द छन्, त्योभन्दा ज्यादा शब्द अरु नै पक्षका छन् । विद्रोहमा संलग्न, प्रतिरोधमा समावेश र जोर बन्दुकको चेपुवामा परेका सर्वसाधारणका शब्द । पुस्तकमा कतै द्वन्द्वकालमा मैले अखबारका लागि गरेका रिपोर्टिङ उद्धृत छन्, कतै सोधखोज छ त कतै टिपनटापन र सम्झनाका टुक्राटाक्री ।
विद्रोह सकियो तर तिनले मान्छेमा पारेका भौतिक र मानसिक असर बाँकी नै छन् । जे हुनु भैगो, यसलाई भुलौं र भुल्नका लागि सबैलाई मान्य हुने गरी कानुनी संयन्त्रमार्फत द्वन्द्वका कुरालाई सुल्झाऊँ भन्नेमा राजनीतिक दलहरुले पटक्कै ध्यान दिएनन् । सरल र सहज तरिकाबाट समाधान गर्न सकिने द्वन्द्वकालीन न्यायको विषयलाई किन जटिल बनाइदै छ ? आम मानिसका यस्तै सवालका जवाफ पुस्तकमा समेटिएका छन् ।