Bartaman by Krishna Dharawasi
Book Overview
पछिल्लो बाहिरी पृष्ठबाट
एकदिन म बाहिरबाट आउँदा उनले आफ्ना सबै सामान झोलामा कसी पर्खेर बसेकी रहिछिन् । म पुगेपछि सँगै बसेर कफी पियौं । केही बेर उनले हाम्रा सम्बन्धका पुराना कुराहरूलाई सम्झेर वातावरण भावुक बनाइन् । बेरोजगारीले चिन्तित मेरो मन पनि भावुक भए । जीवनमा पहिलोपल्ट निकै पग्लिएर रोएँ । निकै बेरपछि दुबै जना शान्त भयौं । उनले मेरो हात समातेर म्वाई खाँदै भनिन्, 'किस ! आइ एम सरी । आजदेखि म तिमीबाट छुट्टिदै छु । तिमीबाट टाढिने मन नहुँदानहुँदै पनि तिम्रो स्थितिले गर्दा मैले छुट्टिनु परेको छ । म बसिरहे भने तिमी बेरोजगारीबाट बाहिर आउन नसक्ने देखें । मेरो खर्चमा पालिने बानी हुने भो तिम्रो । तिमीले आफूलाई पाल्न जान्नुपर्छ । तिम्रो जिन्दगी पनि लामो छ । यसरी कसरी अर्काको भरमा बाँच्न मिला । अब तिमीले जस्तो काम भए पनि खोज्नुपर्छ । सानोतिनो जे भेट्छौ; काम खोज । म तिमीलाई धेरै माया गर्छु।