Genres: Essay,

Corona Kairan by Khagendra Sangraula

  No Rating Yet
  No Reviews

Book Overview

पछिल्लो बाहिरी पृष्ठबाट

लेखक खगेन्द्र संग्रौला आजीवन आन्दोलनका पक्षमा रहे, जुलुसका पक्षमा रहे ।  लेखनमार्फत भुइँमान्छेका सतत् स्पर्श र अङ्कमालमा रहे । हठात् कोरोना महाव्याधि आयो । सर्वदा आम मानिससँग, तिनका दुःख–सुखसँग जोडिएका लेखक तिनका भौतिक सरसङ्गतबाट वञ्चित हुने खण्ड आइलाग्यो । लकडाउन नामक उनकै भाषामा ‘प्याकिसबन्दी’ सिर्जित बेचैनी, छटपटी, आक्रोश, हताशा र क्रोधहरुको सङ्ग्रह हो यो, कोरोना कैरन । यो संग्रौलाका अनुभव र अनुभूतिको निजी शृङ्खला मात्र होइन, सामान्य जनले भन्न खोजेका र भन्न चाहेका कुराहरुको सिलसिलाबद्ध प्रकटीकरण पनि हो ।

सत्ताले नागरिकलाई धोका देओस् र त्यो संग्रौलाको कटाक्ष र प्रहारबाट जोगियोस्, यो हुन सक्ने कुरा होइन । साइनबोर्डमा कम्युनिस्ट शब्द झुन्ड्याएको, गफमा समाजवादउन्मुख सत्ताले कोरोनाकालमा के–के जनद्वेषी काम गर्र्यो; कसरी नागरिकलाई घरमा थुनेर आफू चाहिं भ्रष्टाचार र पतनको प्रदेशमा फुक्काफाल डुल्दै हिंड्यो; कुन पाषाण हृदयले सर्वसाधारणलाई जीवन–मरणको दोसाँधमा छोडेर आफ्नो सर्वकालीन जनमारा धन्दामा लिप्त भयो; संग्रौलाले रिट्ठो नबिराई एक–एक हिसाब राखेका छन् । र, मान्छेविरोधी ठूलठूला मान्छेहरुलाई यसरी प्रहार गरेका छन्, आम मान्छेले स्वादले भन्नेछन्– ‘संग्रौलाले क्या ठीक लेखे !’ 

भोकले मर्ने सप्तरीका मलर सदादेखि आफूलाई कोरोना भाइरस सल्केपछि अरुका ज्यान बचाउने पवित्र ध्येयले आफ्नो ज्यान लिने इटालीकी नर्स ड्यानिएला ट्रेज्जीसम्मलाई यो कैरनमालाले समेटेको छ । खासमा यो दुखियाहरुको खबरमाला हो । 
–विनोदविक्रम केसी

Read More 

Get Estimated Arrival Time

Kathmandu Kathmandu, Nepal

Estimated Delivery Time 1 to 2 Days

Rs. 297 Rs. 330

You May Also Like

Baalak Harayeko Suchana

By Krishna Dharawasi

Rs. 175 Rs. 150

Naribhitra Tyasto Ke Chha Hajur

By Krishna Dharawasi

Rs. 175 Rs. 150

Uttamjung Sijapatiko Aalu

By Krishna Dharawasi

Rs. 250 Rs. 220

Bartaman

By

Rs. 350 Rs. 320

Sambandhaharu

By Vijay Kumar Pandey

Rs. 498 Rs. 430

Eklaanubhuti

By Manujbabu Mishra

Rs. 750 Rs. 650

Rajnitisangai Rajkaj

By Rabindra Mishra

Rs. 475 Rs. 400

Asahamati 3 (Hard Bound)

By Saurav

Rs. 700 Rs. 630

Jaat Baarta

By Aahuti

Rs. 375 Rs. 335

Koshiko Katha

By Matrika Prasad Koirala

Rs. 295 Rs. 250

Koreana - Coffee Guff

By Narayan Wagle

Rs. 495 Rs. 450

Khana Pugos, Dina Pugos

By Rabindra Mishra

Rs. 375 Rs. 335

Bhumadhya Rekha

By Rabindra Mishra

Rs. 280 Rs. 250

Banga Tinga Dharsaharu

By Sarubhakta

Rs. 398 Rs. 355

Asahamati 3

By Saurav

Rs. 500 Rs. 450

Madhavi O Madhavi

By

Rs. 600 Rs. 550

पछिल्लो बाहिरी पृष्ठबाट

लेखक खगेन्द्र संग्रौला आजीवन आन्दोलनका पक्षमा रहे, जुलुसका पक्षमा रहे ।  लेखनमार्फत भुइँमान्छेका सतत् स्पर्श र अङ्कमालमा रहे । हठात् कोरोना महाव्याधि आयो । सर्वदा आम मानिससँग, तिनका दुःख–सुखसँग जोडिएका लेखक तिनका भौतिक सरसङ्गतबाट वञ्चित हुने खण्ड आइलाग्यो । लकडाउन नामक उनकै भाषामा ‘प्याकिसबन्दी’ सिर्जित बेचैनी, छटपटी, आक्रोश, हताशा र क्रोधहरुको सङ्ग्रह हो यो, कोरोना कैरन । यो संग्रौलाका अनुभव र अनुभूतिको निजी शृङ्खला मात्र होइन, सामान्य जनले भन्न खोजेका र भन्न चाहेका कुराहरुको सिलसिलाबद्ध प्रकटीकरण पनि हो ।

सत्ताले नागरिकलाई धोका देओस् र त्यो संग्रौलाको कटाक्ष र प्रहारबाट जोगियोस्, यो हुन सक्ने कुरा होइन । साइनबोर्डमा कम्युनिस्ट शब्द झुन्ड्याएको, गफमा समाजवादउन्मुख सत्ताले कोरोनाकालमा के–के जनद्वेषी काम गर्र्यो; कसरी नागरिकलाई घरमा थुनेर आफू चाहिं भ्रष्टाचार र पतनको प्रदेशमा फुक्काफाल डुल्दै हिंड्यो; कुन पाषाण हृदयले सर्वसाधारणलाई जीवन–मरणको दोसाँधमा छोडेर आफ्नो सर्वकालीन जनमारा धन्दामा लिप्त भयो; संग्रौलाले रिट्ठो नबिराई एक–एक हिसाब राखेका छन् । र, मान्छेविरोधी ठूलठूला मान्छेहरुलाई यसरी प्रहार गरेका छन्, आम मान्छेले स्वादले भन्नेछन्– ‘संग्रौलाले क्या ठीक लेखे !’ 

भोकले मर्ने सप्तरीका मलर सदादेखि आफूलाई कोरोना भाइरस सल्केपछि अरुका ज्यान बचाउने पवित्र ध्येयले आफ्नो ज्यान लिने इटालीकी नर्स ड्यानिएला ट्रेज्जीसम्मलाई यो कैरनमालाले समेटेको छ । खासमा यो दुखियाहरुको खबरमाला हो । 
–विनोदविक्रम केसी

Reviews from our customers